ad ad

खेल


सुरुमै दबाबमा अफगानिस्तान, २ रन जोड्दा नेपालले लियो २ विकेट

सुरुमै दबाबमा अफगानिस्तान, २ रन जोड्दा नेपालले लियो २ विकेट

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०८० शुक्रबार १४:२, काठमाडौँ

आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले सुरुवाती सफलता पाएको छ।

अफगानिस्ताले जम्मा स्कोर २ रन बनाउँदै २ विकेट गुमाइसकेको छ।

नेपालका लागि आकाश चन्द र गुलशन झाले विकेट लिएका छन्। गुलशनले अफगानिस्ताको पहिलो विकेट लिए। त्यसपछि आकाश चन्दको नाममा दोस्रो विकेट रहयो। 

आकाशले खालिद तनिवाललाई दोस्रो ओभरको चौथो बलमा शून्य रनमै क्याच आउट गराए। 

त्यसअघि पहिलो ओभरको चौथो बलमा नुमान शाहलाई गुलशन झाले गोल्डेन डकआउट गराए। 

दोस्रो ओभरको खेल जारी रहँदा नेपालले २ ओभरमा २ विकेट झारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .