ad ad

खेल


नेपाललाई पहिलो झट्का, अर्जुन कुमाल १० रनमै आउट

नेपाललाई पहिलो झट्का, अर्जुन कुमाल १० रनमै आउट

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०८० शुक्रबार १७:३६, काठमाडौँ

आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपालले पहिलो क्षति व्यहोरेको छ।

पाँचौँ ओभरको खेल जारी रहँदा ११ रन बनाएको अवस्थामा नेपालका अर्जुन कुमाल पवेलियन फर्किएका हुन्।

उनी १० रन बनाएको अवस्थामा बोल्ड आउट भएका हुन्। अहिले क्रिजमा गुलशन झा र विपिन रावल छन्। 

पहिले ब्याटिङमा उत्रिएको आफगानिस्तानविरुद्ध तीव्र गतिका बलर आकाश चन्द चम्किँदा नेपालले सामान्य लक्ष्य पाएको थियो।

सुपर सिक्समा प्रवेश गर्न अफगानिस्तानले नेपाली युवा टोलीसामु १ सय ४६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्यलाई पछ्याउँदै अहिले नेपाल जवाफी ब्याटिङमा छ। 

यो खेलको विजेताले सुपर सिक्सको यात्रा तय गर्नेछ। पराजित हुने टोलीले भने १३ देखि १६ औं स्थानका लागि प्लेअफ खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .