एसियन क्रिकेट काउन्सिल (एसीसी) को वार्षिक साधारण सभामा नेपाल क्रिकेट संघ (क्यान) को प्रतिनिधित्व गर्दै अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का सहभागी हुने भएका छन्।
एसीसीको वार्षिक साधारण सभा यही जनवरी ३१ देखि इन्डोनेसियामा आयोजना हुँदै छ। त्यसमा अध्यक्ष चन्द र सचिव खड्का सहभागी हुने क्यानले जानकारी दिएको छ।
यस क्रममा जनवरी ३० मा बस्ने एसीसीको बैठकमा क्यान सचिव खड्काले नेपाली क्रिकेटको समग्र विकास प्रक्रिया, आगामी योजना, एसियाली क्रिकेटमा नेपालले खेल्न सक्ने भूमिका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
123
Shares
प्रतिक्रिया