अस्ट्रेलिया कतारमा जारी एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
आइतबार साँझ भएको पहिलो प्रि–क्वाटरफाइनलमा इन्डोनेसियालाई ४-० गोलले हराउँदै अस्ट्रेलिया एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको हो।
२०१५ को विजेता अस्ट्रेलियाको जितका लागि मार्टिन बोएल, क्रेग गुडविन र ह्यारी सुट्टारले एक÷एक गोल गरे भने इन्डोनेसियाका एलकान बाग्गोटकोले आत्मघाती गोल उपहार दिए।
अब क्वाटरफाइनलमा अस्ट्रेलिया साउदी अरेबिया र दक्षिण कोरियाबीचको विजेतासँग खेल्ने छ।
21
Shares
प्रतिक्रिया