साफ यू–१९ महिला च्याम्पियनसिप शुक्रबारदेखि बंगलादेशमा सुरु हुँदैछ।
नेपाली टोलीले साविक विजेता बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ।
बंगादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियमा हुने खेल पौने सात बजे सुरु हुनेछ।
आजै हुने पहिलो खेलमा भारतले भुटानसँग खेल्नेछ।
समूह चरणको दोस्रो खेलमा नेपालले आइतबार भुटानसँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा भारतसँग मंगलबार खेल्नेछ।
चार टोली सहभागी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन्।
फाइनल खेल आगामी २५ गते बिहीबार हुनेछ।
नेपाली टोली
गोलरक्षक : सुजाता तामाङ, करुण बुढाथोकी, लीला जोशी
डिफेन्डर : दिभ्या यस्माइली मगर, सीता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिम्रन राई र माया मास्के
मिडफिल्डर : विर्सना चौधरी, जुना विश्वकर्मा, सार्हा बज्राचार्य, सुशीला केसी, भावना परियार र पुनम चेम्जोङ
फरवार्ड : सेनु परियार, सुक्रिया मिया, बर्षा वली, लीला चन्द, पुर्णिमा राई, समीक्षा मगर र सजिना स्याङ्तान
Shares
प्रतिक्रिया