ad ad

खेल


आईसीसीको कारबाहीमा परे युवा ब्याटर अर्जुन कुमाल

आईसीसीको कारबाहीमा परे युवा ब्याटर अर्जुन कुमाल

फाइल तस्बिर


नेपालखबर
माघ १९, २०८० शुक्रबार १४:७, काठमाडौँ

नेपाली युवा ब्याटर अर्जुन कुमाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को कारबाहीमा परेका छन्। 

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्सअन्तर्गत बंगलादेशविरुद्धको खेलमा भएको गल्तीका कारण अर्जुनलाई कारबाही गरिएको हो।

कारबाहीस्वरुप आईसीसीले अर्जुनलाई तीन डेमेरिट प्वाइन्ट दिएको छ। 

बंगालदेशसँगको खेलको छैटौँ ओभरमा अर्जुनले रन लिने क्रममा बंगलादेशका बलर मारुफ मृधालाई कुहिनोले हानेका थिए।

त्यति बेला नै बंगलादेशका बलरले अम्पायरलाई त्यसबारे जानकारी गराएका थिए। 

आईसीसीको आचारसंहिता २.१२ उल्लंघन गरेपछि उनी कारबाहीमा परेका हुन्।

अर्जुनको डेमेरिट प्वाइन्ट आगामी २४ महिनासम्म रेकर्डमा हुनेछ। कुनै खेलाडीले २४ महिनाभित्र ४ डेमेरिट प्वाइन्ट पाएमा २ खेलको प्रतिबन्ध लाग्नेछ। 

यसअघि समूह चरणमा पाकिस्तानसँगको खेलका क्रममा स्पिनर सुवास भण्डारी पनि आईसीसीको कारबाहीमा परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .