आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सको शुक्रबार भारतविरुद्ध भएको खेलमा नेपालले जवाफी ब्याटिङ थालेको छ।
सचिन दास र उदय सहरनको शतकीय साझेदारीमा भारतले दिएको २ सय ९८ रनको विशाल लक्ष्य पछ्याउँदै नेपाल जवाफी ब्याटिङमा उत्रिएको हो।
ब्याटिङका क्रममा नेपालबाट ओपनिङको जिम्मा अर्जुन कुमाल र दीपक बोहोराले पाएका छन्।
ताजा अवस्थामा अर्जुनले १ चौकासहित चार बलमा ४ रन बनाएका छन्। उता दीपकले ४ बलमा १ रन मात्रै बनाउँदै क्रिजमा छन्।
आजको खेलमा भारतले जित निकाले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउनेछ।
यसअघि दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो।
नेपालका लागि भारतविरुद्धको खेल औपचारिकता मात्रै हुनेछ। यसअघि नै सेमिफाइनलको दौडबाट बाहिरिएको नेपालका लागि बलियो भारतविरुद्धको खेल आफ्नो परीक्षण पनि हुने छ।
Shares
प्रतिक्रिया