बायाँ हाते स्पिनर सूर्य तामाङ र तिव्र गतिका बलर रिजन ढकालले नेपाली राष्ट्रिय सिनियर क्रिकेट टोलीबाट एक दिवसीय खेलमा डेब्यु गरेका छन्।
घरेलु मैदानमा बिहीबार सुरु क्यानडारिुद्धको तीन खेलको ओडीआई सिरिजको पहिलो खेलमा सूर्य र रिजनले डेब्यु गरेका हुन्।
सूर्यले हालै सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका थिए।
प्रतियोगिताका ९ खेलमा ३० विकेट लिएका सूर्य सर्वोत्कृष्ट खेलाडीसमेत बनेका थिए।
यसअघि नै उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका सूर्यले सिनियर टोलीमा स्पिनरको स्थान खाली भएसँगै अवसर पाएका हुन्।
यस्तै बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले पनि ओडीआईमा डेब्यु गरेका छन्। बागमती प्रदेशका रिजनले पीएम कपका ९ खेलमा १५ विकेट लिएका थिए।
यू-१९ टोलीबाट खेलिसकेका रिजनले सिनियर टोलीमा पहिलोपटक स्थान बनाएका थिए।
Shares
प्रतिक्रिया