क्यानडाविरुद्ध नेपालले दुवै ओपनर गुमाएको छ।
१९ ओभरको तेस्रो बलमा अोपनर कुशल भुर्तेल आउट भएसँगै नेपालले दुवै अोपनर गुमाएको हो।
५७ बलमा ९ चौका र १ छक्का प्रहार गरेका ओपनर कुशल भुर्तेल ६२ रनमा साद विन जफरको बलमा विकेट किपर श्रेयास मोभ्भाको हातबाट आउट भए।
क्यानडाविरुद्ध आक्रामक ब्याटिङ गरेका कुशलले १४औँ ओभरको चौथो बलमा ४४ बलमा ८ चौका र १ छक्काको मद्दतमा अर्धशक पूरा गरे।
त्यसअघि नेपालले कप्तान रोहित पौडेललाई गुमाएको थियो। १७ बलमा १ चौका मद्दतमा ८ रन बनाएका कप्तान पौडेल १५औँ ओभरको तेस्रो बलमा क्याच आउट भए।
पहिलो विकेटका रुपमा ओपनर आरिफ शेख पनि क्याच आउट भएका थिए। आरिफ दसौँ ओभरको पहिलो बलमा ८ रन बनाउँदा नै आउट हुन पुगे।
पहिलो विकेटका रुपमा आरिफ र कुशलले ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले १९ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा ९८ रन बनाएर खेलिरहेको छ।
भीम सार्की १४ रनमा नटआउट छन्। अहिले क्रिजमा कुशल मल्ल आएका छन्।
Shares
प्रतिक्रिया