ad ad

खेल


खेलका लागि तयार भयो एक्स्ट्राटेक ओभल क्रिकेट मैदान, ४ टिमलाई खेलाएर उद्घाटन हुँदै

खेलका लागि तयार भयो एक्स्ट्राटेक ओभल क्रिकेट मैदान, ४ टिमलाई खेलाएर उद्घाटन हुँदै

नेपालखबर
माघ २६, २०८० शुक्रबार १६:९, काठमाडौँ

रुपन्देहीको तिलोत्तमामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण भएको छ। 

निर्माता एक्स्ट्रा टेक प्राइभेट लिमिटेडले मैदानको उद्घाटन घोषणा गर्दै चार टिम सहभागी टी–१० फरम्याटको प्रतियोगिता गर्ने घोषणा गरेको छ। 

भाग लिने टिमहरूमा लेजेण्ड्स ९६, २०१४ को विश्वकपमा भाग लिएको नेपाली क्रिकेट टिमका खेलाडीहरू, नेपालका अन्य खेलाडीहरू र रुपन्देही लेजेण्ड्स रहेका छन्। 

यही फेब्रुअरी २६ मा प्रतियोगिता हुने आयोजकको भनाइ छ। जहाँ तीन खेलहरू खेलिनेछन् र यसरी नै मैदानको उद्घाटन हुने एक्स्ट्रा टेकले जनाएको छ।

यो कार्यक्रम एक्स्ट्रा टेक प्राइवेट लिमिटेडले आयोजना गरेको हो र यस कार्यक्रमका लागि सहयोगीहरूमा नेपाल क्रिकेट संघ, लुम्बिनी प्रदेश क्रिकेट संघ र रुपन्देही जिल्ला क्रिकेट संघ रहेका छन्। 

‘हामी यस कार्यक्रमलाई सफलतापूर्वक आयोजना गर्न र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने नयाँ यात्राको सुरुवात गर्न पूर्ण तयारीमा छौँ’, आयोजकले भनेको छ, ‘हामी सबै पत्रकारहरूमा यस ऐतिहासिक क्षणमा सहभागी हुन र हाम्रो यो उद्यममा सहयोग गर्न हार्दिक आग्रह गर्दछौं। यस कार्यक्रमले नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ।’

क्रिकेटबाट संन्यास लिइसकेका पूर्वकप्तान पारस खड्का पनि यो प्रतियोगितामा सहभागी हुनेछन्। 

ब्रान्ड दूत शक्ति गौचनले क्रिकेट खेल्न योग्य मैदान तयार भएपछि खुसी व्यक्त गरे। उनले भने, ‘सुरुमा सुन्दा पत्यार लागेको थिएन तर अहिले खेल्न सक्ने अवस्थामा आएका छौँ। सबैले मिलेर काम गर्नुभएको छ।’

उनले अहिले जिल्ला प्रदेश र नेपाली क्रिकेटले नै ग्राउन्ड पाएको बताउँदै उनले १९९६–२०१४ सम्मको टिमलाई मिश्रण गरी खेल खेलाइनलागेको बताए। 

यसअनुसार शक्ति गौचन, पारस खड्काले २०१४ को टिमबाट सँगै खेल्ने भएका छन्। त्यसको कप्तानी पारसले गर्नेछन्।  

चार टोलीमा १९९६ को कप्तान एलबी क्षेत्री, २०१४ को पारस खड्का र रुपन्देही लिजेन्ड्सको हरि थापा तथा रेस्ट अफ नेपालको कप्तानी कलाम अलिले गर्ने भएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .