सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
गत वर्ष चैतमा २० हजार रुपैयाँ घूससहित पक्राउ परेका उनलाई विशेष अदालतले दोषी ठहर गरी एक महिना कैद सजाय सुनाएको हो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीबाट २० हजार रुपैयाँ बिगो असुल गरी त्यति नै जरिवाना पनि हुने ठहर गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले इन्जिनियर मेहतालाई विराटनगर महानगरपालिका-५ पुल्चोक छेउबाट पक्राउ गरेको थियो। उनी घरको नक्सापासका लागि सेवाग्राहीबाट घूस लिँदालिँदै रंगेहात पक्राउ परेका थिए।
39
Shares
प्रतिक्रिया