क्यानडाविरुद्ध तीन खेलको एक दिवसीय शृंखला (सिरिज) अन्तर्गत नेपाल आज (शनिबार) दोस्रो खेल खेल्दै छ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ।
पहिलो खेल जितेको नेपालले आजको खेल पनि जितेमा एक खेलअगावै उक्त सिरिज जित्नेछ।
तर आजको खेल क्यानडाले जितेमा सिरिजको टुंगो अन्तिम खेलले नै लगाउनेछ। बिहीबार भएको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध ७ रनको रोमाञ्चक जित हासिल गरेको थियो।
99
Shares
प्रतिक्रिया