क्यानडाविरुद्धको खेलका लागि नेपालको ए टीमको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो।
टिम ए मा प्रधानमन्त्री कप एक दिवसीय खेलमा उत्कृष्ट प्रर्दशन गरेका र उमेर समुहका खेलाडीलाई समेटिएको छ।
नेपालको टीम ए मा ३६ खेलाडीलाई समावेश गरिएको छ। त्यही टोलीबाट क्यानडासँगको सिरिजका लागि १६ खेलाडीलाई छनोट गरिएको हो।
आईसीसी विश्वकप लिग २ को तयारीमा रहेको क्यानडाले यसअघि नेपालको राष्ट्रिय टोलीसँग तीन खेलको ओडिआई सिरिज खेलेको थियो। जुन सिरिज नेपालले क्लीन स्वीप गरेको थियो।
क्यानडाले अब नेपालको ए टीमसँग अभ्यास खेल खेल्नेछ।
नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन्।
१६ सदस्यीय टोली
विनोद भण्डारी, आशुतोष घिरैया, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, यमन यादव, प्रतिश जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, साहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया।
Shares
प्रतिक्रिया