तीव्र गतिका बलर सोमपाल कामीले आईसीसी विश्वकप लिग–२ मा ३ विकेट लिएपछि नामिबिया दबाबमा आएको छ।
नामिबियाविरुद्ध सोमपालले तीन र ललित राजवंशीले २ विकेट लिए।
सोमपालले २५ औँ ओभरको पहिलो बलमा विकेट किपर जान ग्रिनलाई २ रनमा आउट गराउँदै पेभेलियनको बाटो देखाए।
त्यसअघि सोमपालले नै पहिलो खेलको २१ औँ ओभरमा २ विकेट लिएका थिए।
सोमपालले २१ औँ ओभरको तेस्रो बलमा कप्तान जिहार्ड इरासमसलाई ८ रन बनाउँदा पवन सरौफको हातबाट क्याच आउट गराए।
त्यही ओभरको अन्तिम बलमा जान फ्राइलिंकलाई ३४ रनमा क्याच आउट गराए। ५३ बलमा ४ चौका हानेका जान ३४ रन बनाउँदा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए।
त्यसअघि ललित राजवंशीले नामिबियाका दुवै अोपनरलाई पेभेलियनको बाटो देखाएका थिए।
ललितले १४ औँ ओभरको पहिलो बलमा माइकल भान लिंगेनलाई २३ रनमा क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए।
ओपनर माइकबलले ३३ बलमा ३ चौका हान्दै २३ रन बनाउँदा अनिल शाहको हातबाट क्याच आउट भए।
त्यसअघि ललित रजवंशीले छैटौं ओभरको तेस्रे बलमा ओपनर निकोलस डेभिनलाई १५ रन बनाउँदा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए।
नेपालले दिएको १ सय ३३ रनको साममन्य लक्ष्य पछ्याएको नामिबियाले २४.१ ओभरमा ५ विकेट गुमाएर ८४ रन बनाएर खेलरिहेको छ।
Shares
प्रतिक्रिया