ad ad

खेल


एन्फा महासचिव राईमाथि लाग्यो भ्रष्टाचार आरोप, अख्तियारमा उजुरी

एन्फा महासचिव राईमाथि लाग्यो भ्रष्टाचार आरोप, अख्तियारमा उजुरी

नेपालखबर
फागुन ४, २०८० शुक्रबार १५:३६, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईमाथि भ्रष्टाचारको आरोप लागेको छ। 

महासचिव राईले भ्रष्टाचार गरेको आरोप लगाउँदै सरिता परियारले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएकी छन्। 

उजुरी पत्रमा भनिएको छ, 'अखिल नेपाल फुटबल संघ (एन्फा) र शेर्पा आउट डुअर स्पोर्टस् गुड्स इण्डष्ट्रिज (केटिएम सिटी) बीच एन्फालाई आवश्यक पर्ने खेल सामाग्री आपूर्ति सम्झौता गरिएको थियो। संघका महासचिव किरण राईले पदको दुरुपयोग गरि बक्यौता रकम देऊभन्दा पटक पटक बार्गेनिङ्ग गर्दै रकम लिने गरेको र रकम दिएमा अबको कन्ट्रयाक पनि तपाईंको कम्पनीलाई नै दिन्छु भनेर केटिएम सिटीबाट रकम बुझिलिने गरेको जानकारी आएको छ।’

महासचिव राईले पटक पटक गरी २५ लाख रुपैयाँ लिएको आरोप लागको छ। उजुरीमा केटिएम सिटीका सीईओ निमा शेर्पा र त्यही कम्पनीका प्रतिनिधि राजु सिंहबीच भएको ह्वाट्सएप म्यासेजका अनुसार सीईओ शेर्पासँग राईले रकम बुझेको दाबी गरिएको छ।  

महासचिव राईले २३ जुन, २०२३ मा दरबारमार्ग पुरानो घरबाट दिनको २ः२० बजे ५ लाख रुपैयाँ लिएको दाबी उजुरीमा गरिएको छ।

त्यस्तै २ जुलाई २०२३ मा पुरानो बानेश्वरस्थित हट ब्रेड रेष्टुरेन्टमा १० लाख रुपैयाँ र २० देखि २५ सेप्टेम्बरमा बानेश्वरस्थित रातो भाले रेष्टुरेन्टमा १० लाख रुपैयाँ लिएको आरोप लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .