ad ad

खेल


विश्वकप लिग–२: नेपाल र नेदरल्यान्ड्स भिड्दै

विश्वकप लिग–२: नेपाल र नेदरल्यान्ड्स भिड्दै

फाइल तस्बिर


नेपालखबर
फागुन ५, २०८० शनिबार ५:५७, काठमाडौँ

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबिया सम्मिलित त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा घरेलु टोली नेपालले आज शनिबार नेदरल्यान्ड्ससँग खेल्दैछ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। 

पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएको नेपाली टोली दोस्रो खेलमा जित निकाल्ने योजनामा छ। 

नामिबियाविरुद्धको पहिलो खेलमा टोली बाहिर रहेका अलराउण्डर दिपेन्द्र सिंह ऐरीले आजको खेलमा पुनरागमन गर्न सक्नेछन्। 

नामिबियाविरुद्धको खेलमा दिपेन्द्र युएईमा जारी आईएल टी २० मा थिए। ऐरी गल्फ जायन्ट्समा आवद्ध थिए। उनी शुक्रबार राति नै नेपाल फर्किएका छन्। उनको आगमनले नेपाली टोली थप बलियो बन्नेछ। 

उता नेदरल्यान्ड्स भने नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा हुनेछ। 

हेड टु हेड
नेपाल र नेदरल्यान्डस् यसअघि तीन ओडीआई खेलमा भेट भएका छन्। यी तीन भेटमा नेपालले एक खेलमा जित निकाल्दा दुई खेलमा भने हार भोगेको छ। 

यसअघि सन् २०१८ मा भएको दुई खेलको सिरिजमा पहिलो खेलमा ५५ रनले पराजित भएको थियो। तर दोस्रो खेलमा भने १ रनको रोमाञ्चक जित निकाल्दै नेपालले सिरिज बराबरी गरेको थियो। 

पछिल्लो पटक सन् २०२३ मा भएको विश्वकप छनोटमा नेपाल ७ विकेटले पराजित भएको थियो। 

नेपालको टोली
रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .