खेल


महिला च्याम्पियनसिपमा आज बंगालदेश भिड्दै नेपाल

महिला च्याम्पियनसिपमा आज बंगालदेश भिड्दै नेपाल

नेपालखबर
फागुन १९, २०८० शनिबार १०:४६, काठमाडौँ

साफ यू–१६ महिला च्याम्पियनसिपमा आज शनिबार नेपाल र बंगालदेश भिड्दैछन्। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। 

घरेलु टोली नेपाल बंगलादेशलाई हराउँदै च्याम्पियनसिपमा फाइनल सम्भावना बलियो बनाउन चाहान्छ। उता बंगलादेश पनि नेपाललाई रोक्दै सुखद सुरुवात गर्न चाहान्छ।

च्याम्पियनसिपको पहिलो खेलमा भारतले भुटानलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको थियो। 

यसअघि च्यासल मैदानमा खेल हुने भनिएपनि एएफसीका प्रतिनिधिले मैदान खेल्न अयोग्य भएको रिपोर्ट दिएपछि खेल एन्फा कम्प्लेक्स मैदानमा सारिएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .