स्पेनिस ला लिगामा शीर्षस्थानमा रहेको रियल म्याड्रिड हारबाट जोगिएको छ।
शनिबार राति भएको खेलमा २ गोलले पछि परिसकेको रियल फरवार्ड भिनिसियस जुनियरले गरेका २ गोलका कारण हारबाट बचेको हो।
खेलको अन्त्यतिर १० खेलाडीमा सीमित रियल घरेलु टोली भ्यालेन्सियासँग २/२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो।
भ्यालेन्सियाका लागि ह्युगो डुरो र रोमन यारेमचुकले एक/एक गोल गरे।
बराबरी भएसँगै शीर्षस्थानमा रहेको रियलले २७ खेलबाट ६६ अंक बनाएको छ।
दोस्रो स्थानमा रहेको र एक खेल कम खेलेको जिरोनाभन्दा रियल ७ अंकले अघि छ।
यस्तै भ्यालेन्सियाले २६ खेलबाट ३७ अंक जाडेर नवौँ स्थानमा छ।
138
Shares
प्रतिक्रिया