खेल


अविनाश र दीपेन्द्रले लिए नेदरल्यान्ड्सका महत्त्वपूर्ण २ विकेट

अविनाश र दीपेन्द्रले लिए नेदरल्यान्ड्सका महत्त्वपूर्ण २ विकेट

तस्बिर : विशाल कार्की


नेपालखबर
फागुन २२, २०८० मंगलबार १४:३१, काठमाडौँ

अविनाश बोहोरा र दीपेन्द्रसिंह ऐरीले नेदरल्यान्ड्सविरुद्ध नेपाललाई महत्त्वपूर्ण २ विकेट दिलाएका छन्। यससँगै नेदरल्यान्ड्सले ४ विकेट गुमाएको छ।

१७ औँ ओभरको पहिलो बलमा ऐरीले नेदरल्यान्ड्सका इडवार्ड्सलाई अनिल साहको हातबाट क्याच आउट गराएका हुन्। इडवार्ड्स केबल २ रनमा आउट भए।

त्यसअघि १६ औँ ओभरको दोस्रो बलमा अविनाशले विक्रमजित सिंहलाई २९ रन बनाउँदा कुशल मल्ल्को हातबाट क्याच आउट गराए। 

विक्रमजित र साइब्राट एङगेलब्रेचले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए। 

त्यसअघि कुशल मल्लले नवौँ ओभरको पहिलो बलमा अ‍ोपनर म्याक्स ओ डाउडलाई पेभेलियनको बाटो देखाए। 

डाउड २२ रन बनाउँदा कुशल मल्लको बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट भए।

पहिलो विकेटका लागि डाउड र माइकल लेविटले ८३ रनको साझेदारी गर्दै नेदरल्याण्ड्सलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। 

नवौँ ओभरमा अर्का ओपनर माइकल ५४ रन बनाउँदै क्याच आउट भए। २९ बलमा ६ चौका र ३ छक्का हानेका लेविट रोहित पौडेलको हातबाट क्याच आउट भए। 

कुशलले नवौँ ओभरको पाचैाँ बलमा लेविटलाई पेभेलियनको बाटो देखाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .