हङकङविरुद्ध मैत्रीपूर्ण टी२० क्रिकेट खेलिरहेको नेपालले दोस्रो विकेट लिएको छ।
गुल्सन झाले आठौँ ओभरको दोस्रो बलमा नेपाललाई दोस्रो सफलता दिलाएका हुन्।
उनले हङकङका निजाकात खानको विकेट लिएका हुन्।
यसअघि करण केसीले हङकङका मार्टिन कोट्जीको विकेट लिँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।
टस जितेर मङककमा फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको हङकङले आठ ओभरको समाप्तिमा २ विकेट गुमाएर ६५ रन बनाएको छ।
आजको खेलमा वर्षातले प्रभाव पारिरहेको छ। यसअघि केही समय वर्षातका कारण खेल रोक्नुपरेको थियो।
240
Shares
प्रतिक्रिया