ad ad

खेल


छनोट प्रतियोगितामा भाग लिने तेक्वान्दो टोली चीन जाँदै

छनोट प्रतियोगितामा भाग लिने तेक्वान्दो टोली चीन जाँदै

नेपालखबर
फागुन २७, २०८० आइतबार १८:७, काठमाडौँ

फ्रान्सको पेरिसमा आगामी जुलाई २६ देखि अगष्ट ११ सम्म हुने ग्रीष्मकालीन ओलिम्पक तथा अगष्ट २८ मा आयोजना गरिने पारालिम्पिक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोका दुई टोली चीन जाने भएका छन्।

छनोट प्रतियोगिता आगामी चैत २ देखि ४ गतेसम्म चीनको ताइयाङमा हुँदैछ।

पेरिस ओलम्पिकको छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि राहुल कुमाल र ६८ केजीमुनि वीरबहादुर महरा तथा महिला समूहमा ४९ केजीमुनि अन्जली तामाङ र ६७ केजीमुनि इन्दिरा बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

प्रत्येक तौल समूहमा पहिलो र दोस्रो हुने खेलाडी पेरिस ओलम्पिकका लागि छनोट हुनेछन् । उक्त छनोट खेल भने चैत २ र ३ गते हुनेछ। त्यसका लागि टोली भोलि चीन प्रस्थान गर्दैछ। 

त्यसैगरी, पेरिस पारालिम्पिक छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि भरतसिंह महता र ६३ केजीमुनि अमिर ब्लोन तथा महिला ५७ केजीमुनि पलेसा गोवर्द्धनले नेपालको प्रतिनिधित्व गर्दैछन्।

पलेसा चौथो एसियाली पारा खेलकुदकी कास्य पदक विजेता हुन्।  उक्त खेल चैत ४ गते हुनेछ।

प्रतियोगितामा सहभागी हुने उक्त टोली भने चैत १ गते चीन प्रस्थान गर्नेछ। हरेक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारालिम्पिकमा छनोट हुने प्रावधान छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .