ad ad

खेल


रास्वपाकै सांसदले खेलकुद मन्त्रीलाई सोधे : त्रिवि मैदानमा फ्लड लाइट र स्कोर बोर्ड कहिले आउँछ?

रास्वपाकै सांसदले खेलकुद मन्त्रीलाई सोधे : त्रिवि मैदानमा फ्लड लाइट र स्कोर बोर्ड कहिले आउँछ?

फाइल तस्बिर


नेपालखबर
चैत २, २०८० शुक्रबार १३:५९, काठमाडौँ

एक वर्षअघि पुष्पकमल दाहाल प्रधानमन्त्री हुनेबित्तिकै त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट र डिजिटल स्कोर बोर्ड राख्ने घोषणा भएको थियो।

बजेट पनि व्यवस्था भइसकेकाले केही महिनामै जोड्ने बताएको सरकारले अझैसम्म त्यसको काम सुरु गर्न सकेको छैन।

यस्तोमा साताअघि युवा तथा खेलकुद मन्त्री बनेका विराजभक्त श्रेष्ठलाई उनी आवद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले त्यसबारेमा प्रश्न गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्ने क्रममा उनले त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र स्कोर बोर्डबारे प्रश्न उठाउका हुन्। 

उनले दशरथ रंगशालामा तय भएको बहराइनविरुद्धको फुटलब खेल हुन नसक्नुको कारण र कमजोरीबारे पनि सरकारसँग जवाफ मागेका छन्। 

‘खेलकुदमन्त्रीलाई म प्रश्न गर्न चाहन्छु, दशरथ रंगशालामा तय भएको बहराइनविरुद्धको खेल नहुनुको कमजोरी के हो? त्रिवि क्रिकेट ग्राउन्डमा फ्लडलाइट र डिजिटल स्कोर बोर्ड कहिले आउँछ? बहुसंख्यक फुटबल खेलाडी विदेश पलायन भइरहँदा स्वदेश फर्काउने तयारी के हुँदै छ? संसारमा ई–स्पोर्ट्सले फड्को मारिसक्यो । हामीले पनि ई–स्पोर्ट्सलाई अगाडि बढाउन ढिला गर्न हुँदैन’, उनले भने। 

उनले अहिले रास्वपा सत्तापक्षमा रहेको बताउँदै आसन परिवर्तन भए पनि जनताको पक्षमा आवाज उठाइरहने उल्लेख गरे। उत्तर दिने ठाउँमा रास्वपाकै नेताहरू भए पनि खबरदारी नरोकिने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .