ad ad

खेल


म्यानचेस्टर सिटी र रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमै भिड्ने

म्यानचेस्टर सिटी र रियल मड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमै भिड्ने

नेपालखबर
चैत २, २०८० शुक्रबार १७:२०, काठमाडौँ

साविक विजेता म्यानचेस्टर सिटी र स्पेनिस महारथि रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमै भिड्ने भएका छन्।

पछिल्लो समय युरोपियन उपाधिका लागि कडा प्रतिद्वन्द्वी यी दुई क्लबबीच यो सिजन अन्तिम ८ मै टक्कर हुने भएको हो।

अघिल्लो सिजनको सेमिफाइनल भिडन्तमा सिटीले रियलविरुद्ध एकपक्षीय नतिजा निकालेको थियो।

मड्रिडलाई समग्रमा ५-१ गोलले पराजित गर्दै सिटी फाइनल पुगेको थियो। उसले गत सिजन फाइनलमा इन्टरमिलानलाई हराउँदै पहिलो पटक युरोपेली उपाधि जितेको थियो। 

तर यस पटक सिटी र मड्रिड अन्तिम ८ मै भिड्ने ड्र युईएफएले सार्वजनिक गरेको हो। 

उता १० वर्षपछि अन्तिम ८ मा पुगेको इङ्लिस क्लब आर्सनलले बलियो प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने भएको छ।

उसले जर्मन च्याम्पियन बायर्न म्युनिखसँग भिड्नुपर्ने भएको छ।

स्पेनिस क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमन्ड पनि अन्तिम ८ मा भिड्ने भएका छन्।

उता फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन र स्पेनिस च्याम्पियन बार्सिलोनाबीच क्वार्टरफाइनल भिडन्त हुने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .