ad ad

खेल


घरेलु खेल समेत विदेशमै खेल्नुपर्ने अवस्था आउनु दुःखद : खेलकुद मन्त्रालय

घरेलु खेल समेत विदेशमै खेल्नुपर्ने अवस्था आउनु दुःखद : खेलकुद मन्त्रालय

नेपालखबर
चैत २, २०८० शुक्रबार १७:२६, काठमाडौँ

फिफा विश्वकप २०२६ छनौट फुटवल प्रतियोगिता अन्तर्गत नेपाल र बहराइनबीचको खेल दुवै खेल दशरथ रंगशालाको नाजुक स्थितिको कारण बहराइनमा हुने भन्ने खबरले युवा तथा खेलकुद मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै घरेलु मैदानमा खेल्ने खेलाडीको चाहना र राष्ट्रिय टिमलाई घरेलु मैदानमै समर्थन गर्ने नेपाली खेलप्रेमी दर्शकको चाहना हुँदाहुँदै पनि नेपालले आफ्नो घरेलु खेल समेत बाहिरै खेल्नु पर्ने अवस्था आउनु दुःखद भएको बताएको हो। 

‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को ९ (झ) ले राष्ट्रिय खेलकुद परिषद्को काम, कर्तव्य र अधिकार क्षेत्र भित्र ुखेलकुद पुर्वाधारको निर्माण, व्यवस्थापन तथा मर्मतसम्भार सम्वन्धमा स्पष्ट व्यवस्था गरेता पनि उक्त कार्य प्रभावकारी रुपमा भएको देखिएन। सोही ऐनको दफा ९(ड) ले परिषद्लाई स्पष्ट रुपमा खेलकुद सञ्चालन तथा पूर्वाधार निर्माण सम्वन्धि मापदण्ड वनाउन सक्ने आधार दिएको छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैगरी राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम २० (१) ले मन्त्रालय आफैले वा परिषद् मार्फत रंगशालाको मर्मत सम्भार गर्नसक्ने आधार दिएको छ। त्यसैले उपर्युक्त कानुनी व्यवस्था अन्तर्गत रहेर राष्ट्रिय खेलकुद परिपसंग समन्वय गरी नीतिगत अन्यौलताको छिट्टै अन्त्य गर्दै दशरथ रंगशाला सहित देशका अन्य रंगशालाहरुको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्ड सहितको कार्यविधि जारी गर्ने र खेल क्यालेन्डर बनाउने प्रक्रिया अगाडि बढिसकेको सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’

यस्तै मन्त्रालयले दशरथ रंगशाला मैदानको मर्मत नहुँदासम्म र रंगशालाहरुको सञ्चालन सम्बन्धमा आवश्यक मापदण्ड सहितको कार्यविधि जारी नहुँदासम्मका लागि रङ्गशालामा खेलबाहेकका अन्य गतिविधि गर्नका लागि स्थगित गर्न परिषद्लाई निर्देशन दिईएको बताएको छ। 

नेपालको एक मात्र अन्तराष्ट्रियस्तरको दशरथ रगंशाला खेल्न अयोग्य भएपछि नेपालले बहराइनसँगको दुवै खेल अवे मैदानमा खेल्ने लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .