ad ad

खेल


न्यू डायमन्ड र एभरेस्ट क्लब सेमिफाइनलमा भिड्ने

न्यू डायमन्ड र एभरेस्ट क्लब सेमिफाइनलमा भिड्ने

नेपालखबर
चैत ७, २०८० बुधबार १८:३४, काठमाडौँ

चन्द्रागिरि नगरपालिका न्यू डायमन्ड महिला भलिबल टिम र एभरेस्ट भलिबल क्लब आठौं आरबीबी एनभीए भलिबल च्याम्पियनसिपको महिलातर्फको दोस्रो सेमिफाइनलमा भिड्ने भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बुधबार भएको खेलमा मधेश प्रदेशलाई‌ ३–० को सोझो सेटमा हराएको न्यू डायमन्ड समूह बीको विजेता बन्दै एभरेस्टसँगको सेमिफाइनल भेट पक्का गरेको‌ हो।

न्यू डायमन्डले मधेस प्रदेशलाई २५–१०,२५–६ र २५–८ ले पराजित भयो। पराजित मधेश प्रतियोगिताबाट बाहिरिएको छ।

एपीएफ समूह बी को उपविजेताको रुपमा सेमिफाइनल पुगेको छ। एपीएफले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ।

आजै भएको पहिलो खेलमा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै समूह ए को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो। हारसँगै आर्मी भने च्याम्पियनसिपबाट बाहिरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .