महिला एसिया कप २०२४ को पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले पाकिस्तानसँग खेल्ने भएको छ।
एशियन क्रिकेट काउन्सिलले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाली महिला टोलीले आगामी १९ जुलाइमा पाकिस्तानसँग खेल्ने भएको छ।
दोस्रो खेलमा २१ तारिकमा युएईसँग तथा समूह चरणको तेस्रो खेलमा २३ जुलाइमा भारतसँग खेल्ने तालिका छ।
एसिया कपमा नेपाल रहेको समूहमा भारत, पाकिस्तान र युएई छन्। समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड छन्।
समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनल खेल २८ तारिकमा हुनेछ।
एसिया कप आगामी जुलाइ १९ देखि २८ सम्म श्रीलंकामा हुनेछ।
96
Shares
प्रतिक्रिया