ad ad

खेल


राखेपले दिएन जवाफ, मन्त्रालयको पुनः ताकेता

राखेपले दिएन जवाफ, मन्त्रालयको पुनः ताकेता

फाइल तस्बिर


नेपालखबर
चैत १४, २०८० बुधबार १३:७, काठमाडौँ

फिफा विश्वकप दोस्रो चरण छनोट अन्तर्गत बहराइनविरुद्धको खेलका लागि अनुमती बिना विदेश भ्रमणमा गएका पदाधिकारीको विषयमा युवा तथा खेलकुल मन्त्रालयलाई जवाफ दिन राष्ट्रिय खेलकुद परिषदले आनाकारी गरेको छ। 

यस विषयमा मन्त्रालयले राखेपलाई फागुन ३० गते राखेपलाई पत्र लेख्दै कारवाहीका बारेमा जानकारी मागेको थियो।

तर राखेपले कुनै जवाफ नदिएपछि मन्त्रालयले चैत्र १२ गते पुनः पत्र लेख्दै उनीहरुलाई गरिएको कारवाहीको जानकारी मन्त्रालयलाई अविलम्ब दिन आग्रह गरेको छ। 

बहराइनविरुद्धको खेलका लागि राखेपले पदाधिकारीलाई वैदेशिक भ्रमणमा नजान भनेको थियो। राखेपले खेलाडीसहित अनिवार्य सहभागी हुनुपर्ने टोलीमा २ जनालाई मात्र जान स्वीकृती दिएको थियो। 

तर एन्फाले खेलाडीसहित ४१ सदस्यीय टोलीको सहभागिताका लागि स्वीकृति मागेको थियो। ४१ सदस्यीय टोलीका १० जना प्रतियोगितामा सहभागी हुन अनिवार्य नदेखिएकाले राखेपले एन्फालाई ध्यानाकर्षण गराएको थियो। तर राखपेको अनुमती बिना अन्य सदस्य बहराइन पुगेका थिए।

बहराइनविरुद्धको दोस्रो चरणको खेल खेलेर नेपाली राष्ट्रिय टोली आज राति स्वदेश फर्कर्दैछ। देशको एक मात्र अन्तराष्ट्रियस्तरको दशरथ रंगशाला खेल्न अयोग्य भएपछि नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि बहराइनमा नै खेल्नुपर्ने बाध्यता आएको थियो। 

लेगको पहिलो खेलमा ५–० ले पराजित भएको नेपाली टोली दोस्रो लेगमा ३–० गोल अन्तरले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .