ad ad

खेल


आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए शतक

आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमले बनाए शतक

तस्बिर : क्यान नेपाल


नेपालखबर
चैत १६, २०८० शुक्रबार १६:७, काठमाडौँ

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपाल 'ए' का लोकेश बमले शतक बनाएका छन्।

नेपाली टोलीबाट ओपनिङमा आएका उनले विस्फोटक ब्याटिङ गर्दै ५२ बलमा १०१ रन बनाउन सफल भएका हुन्। उनले आफ्नो पारीमा ८ चौका र ८ छक्कासमेत हानेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल 'ए' टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २२ रनको विशाल लक्ष्य दिएको थियो।

त्यसलाई पछ्याउने क्रममा ओपनर बमले शानदार ब्याटिङ गरेर शतक बनाएका हुन्। लोकेशलाई पाँचौँ क्रममा आएका आरिफ शेखले गतिलो साथ दिए।

उनले पनि उत्कृष्ट ब्याटिङ गरेका छन्। आरिफ पनि २१ बलमा ४५ रन बनाउँदै अर्धशतक नजिक पुगिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .