खेल


सावित्रा भण्डारी सम्मिलित एना भान गेङगाम्प पराजित

सावित्रा भण्डारी सम्मिलित एना भान गेङगाम्प पराजित

नेपालखबर
चैत १८, २०८० आइतबार १२:३४, काठमाडौँ

नेपाली स्ट्राइकर सावित्रा भण्डारी 'साम्बा' आवद्ध फ्रान्सेली क्लब एना भान गेङगाम्प गएराति भएको खेलमा पराजित भएको छ।

एना भान गेङगाम्पलाई फ्रेन्च महिला लिग डिभिजन वान फिमिनिनेको गयरातिको खेलमा सेन्ट–एटिएनले ४-३ गोलले हराएको छ। 

प्रतिस्पर्धात्मक र गोलको वर्षा भएको खेलमा सावित्री सम्मिलित गेङगाम्पले नतिजा सुम्पिन बाध्य भएको हो। 

सेन्ट-एटिनलाई जिताउने क्रममा फिनोटी ब्राउन, नोइमी कारेज, सोलेने च्याम्पनियाक र एलेक्सआन्द्रिया लामान्टेग्ने व्यक्तिगत १-१ गोल गरेका थिए। 

उता पराजित गेङगाम्पका लागि सारा क्याम्बोटले २ र एलिसन पेनिएलले १ गोल गरेका थिए। 

यो जितपछि सेन्ट-एटिएनले १८ खेलबाट २५ अंक बनाउँदै लिगको सातौँ स्थानमा कायम छ। 

उता हार भोग्न बाध्य गेङगाम्पले १९ खेलबाट १५ अंक बनाउँदै लिगको १० औँ स्थानमा बसेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .