खेल


गुजरातलाई नेपाली टोलीले दियो १८२ रनको विशाल लक्ष्य

गुजरातलाई नेपाली टोलीले दियो १८२ रनको विशाल लक्ष्य

तस्बिर : क्यान


नेपालखबर
चैत २१, २०८० बुधबार १६:३०, काठमाडौँ

एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिज अन्तर्गत गुजरातविरुद्ध जितका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले १ सय ८२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा गुनरातले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८१ रनको योगफल तयार पारेको हो। 

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले १३.३ ओभरमा १ सय २५ रनको उत्कृष्ट साझेदारी गरे।

आशिफ शेख ८५ रन बनाउँदै पेभेलियन फर्के।  कुशल ६७ रन बनाउँदै आउट भए।  उनले ४४ बलमा ९ चौका र २ छक्का हाने। 

नेपालका ओपनरले उत्कृष्ट सुरुवात गरेपनि मध्यक्रमका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्। 

विवेक यादव ७ र प्रतिश जिसी ४ रनमा नटआउट रहे। सन्दीप जोरा २ र कुशल मल्लले १ रन बनाए। गुलशन झा ४ र रोहित पौडेल ३ रनमा आउट भए। अनिल शाह शुन्य रनमा नै पेभेलियन फर्किए। 

गुजरातका लागि जयमित पटेलले ३ विकेट लिए। आर्या देसाई र दुसन्त सोनीले समान २ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .