खेल


सी डिभिजन लिग : आज दुई खेल हुँदै

सी डिभिजन लिग : आज दुई खेल हुँदै

नेपालखबर
चैत २३, २०८० शुक्रबार ८:५६, काठमाडौँ

सहिद स्मारक सी डिभिजन लिग अन्तर्गत आज (शुक्रबार) दुई खेल हुँदैछ।

लिगको आजको पहिलो खेलमा सानेपा क्लब र बागमती युथ क्लब खेल्नेछन्।  

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ। 

सोही मैदानमा आजै हुने दोस्रो खेलमा रानीवन स्पोट्र्स क्लान र महावीर स्टडिज एण्ड एथ्लेटिक्स एसोसिएसन खेल्नेछन्। सो खेल अपरान्ह सवा ४ बजे सुरु हुनेछ।
 
यसअघि बिहीबार भएको लिगको पहिलो खेलमा खालीबारी युथ क्लबलाई १–० ले पराजित गर्दै आरसी ३२ ले विजयी सुरुवात गरेको छ। 

लिगको उपाधि विजेताले १० लाख तथा उपविजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछ। फेयर प्ले टोलीले ५० हजार रुपैयाँ पाउनेछन्। 

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .