खेल


आयरल्यान्ड ‘ए’विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने, टोलीमा गर्‍यो ४ परिवर्तन

आयरल्यान्ड ‘ए’विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने, टोलीमा गर्‍यो ४ परिवर्तन

नेपालखबर
चैत २५, २०८० आइतबार ९:४६, काठमाडौँ

आयरल्यान्ड ए विरुद्धको तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपाल ए टोलीले पहिले फिल्डिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्यान्डले टस जितेर ब्याटिङ रोजेसँगै नेपालले फिल्डिङ गर्ने भएको हो। 

एक खेल आगावै सिरिज गुमाइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ। 

सिरिजको पहिलो खेलमा २१ रनले पराजित भएको नेपाली टोली दोस्रो खेलमा पनि १ सय १४ रनको फराकिलो अन्तरले पराजित हुँदै एक् खेल अगावै सिरिज सुम्पेको थियो। 

आयरल्यान्ड ए आजको खेलमा नेपालमाथि जित जिकाल्दै सिरिज क्लीन स्वीप गर्न चाहन्छ। 

नेपाली टोलीम आज अघिल्लो खेलबाट चार परिवर्तन भएको छ। 

अघिल्लो खेलमा टोलीबाहिर रहेका अर्जुन कुमाल टोलीमा फर्कदा आरिफ शेख र कमल सिंह ऐरी भने बेन्चमा छन्। 

यस्तै रन्जित कुमार, रुपेश सिंह र विकास अग्री टोलीमा अटाएका छन्। 

नेपालको सुरुवाती ११ः 
विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, नरेन भटट्, भिम सार्की, अर्जुन साउद,् साहब आलम, रन्जित कुमार, रुपेश सिहं, रिजन ढकाल, विकास अग्री 

बेन्चः आरिफ शेख, बसिर अहमद, कमल ऐरी र मौसम ढकाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .