खेल


जित्नैपर्ने दबाबमा पीएसजी

जित्नैपर्ने दबाबमा पीएसजी

नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १५:४, काठमाडौँ

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत पेरिस सेन्ट जर्मन (पिएसजी) र बोरुसिया डर्टमुन्डबीचको सेमिफाइनलको दोस्रो लेग बुधबार राति हुँदैछ।
खेल पिएसजीको घरेलु मैदान पार्क डे प्रिसेन्समा हुनेछ।

च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउनका लागि पिएसीजलाई जित्नै पर्ने दबाब छ। उता डर्टमुन्टलाई भने गोलरहित बराबरीको नतिजा नै फाइनल पुग्न पर्याप्त हुनेछ।

गत साता भएको पहिलो लेगमा पिएसजी १–० ले पछि परेको थियो। आजको खेलमा पिएसजीले दुई गोल गर्नुपर्नेछ।

पिएसीका मुख्य प्रशिक्षक लुइस एनरिकेले आफूहरुको सबै ध्यान दोस्रो लेगमा जित निकाल्नेमा रहेको बताएका छन्। पेनाल्टी बिना नै दोस्रो लिगमा दुई गोल गर्दै जित्नमा केन्द्रित छन्।

उनले भने, ‘आजको खेलको उदेश्य दुई गोलले जित्नु हैन तर जित्नु हो। आक्रमण र रक्षामा सय प्रतिशत ध्यान केन्द्रित गुर्नपर्ने हुन्छ।’

यो खेलको विजेताले उपाधिका लागि बायर्न म्युनिख र रियल मड्रिडबीचको विजेतासँग उपाधिका लागि भिड्नेछ। रियल र बायर्नले पहिलो लेगमा २–२ को बराबरी गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .