ad ad

खेल


नेपाली टोलीले विश्वकपमा लगाउने नयाँ जर्सी सार्वजनिक (तस्बिरहरू)

नेपाली टोलीले विश्वकपमा लगाउने नयाँ जर्सी सार्वजनिक (तस्बिरहरू)

तस्बिर : सरोज नेपाल


नेपालखबर
चैत २६, २०८० सोमबार १८:४३, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी जुनमा टी–२० विश्वकपमा नयाँ जर्सी लगाउने भएको छ।  

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रमका बीच विश्वकपमा लगाउने जर्सी सार्वजनिक गरेको हो। 

जर्सीको युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ र राष्टिय खेलकुद परिाष्द्का सदस्यसचिव टंकलाल घिसिले सार्वजनिक गरेका हुन्। 

नेपाली टोलीको यो पटकको जर्सी केल्मीले निमार्ण गरेको हो। 

नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा नयाँ जर्सी प्रयोगमा ल्याउनेछ। 

नेपाल दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स सम्मिलित समुह डी मा रहेको छ। नेपाली टोलीले आगामी जुन ४ मा नेदरल्याण्डससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।

यसअघि क्यानले खुला स्पर्धाबाट आदर्श पोखरेलले गरेको डिजाइनलाई छनोट गरेको थियो। 

यसअघि डिजाइन भएको जर्सीको विरोध भएपछि प्रायोजक र क्यानले जर्सीको डिजाइन माग गरेको थिए। नेपालले यो जर्सी पपुवा न्यु गिनीविरुद्धको एक दिवसीय सिरिजबाट प्रयोग गरेको थियो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .