ad ad

खेल


राष्ट्रिय खुल्ला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता वैशाख २ मा, शीर्ष ३ टोलीलाई नगद पुरस्कार

राष्ट्रिय खुल्ला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता वैशाख २ मा, शीर्ष ३ टोलीलाई नगद पुरस्कार

नेपालखबर
चैत २७, २०८० मंगलबार १७:३७, काठमाडौँ

राष्ट्रिय खुल्ला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताको चौथो संस्करण वैशाख २ गते हुने भएको छ। 

कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना, नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को सहयोगमा सो प्रतियोगिता हुन लागेको हो। 

प्रतियोगितामा देशभरका ६०० भन्दा बढी खेलाडीले सहभागिता जनाउने प्रतियोगिता संयोजक तथा तेक्वान्दोका प्रमुख प्रशिक्षक नविनकुमार श्रेष्ठले जानकारी दिए। 

प्रतियोगितामा गेरोगीतर्फ सिनियर पुरुष र महिलातर्फ समान ६ खेलाडीले १२ स्पर्धा गर्नेछन्। जुनियरतर्फ पुरुष÷महिलामा समान दस÷दस गरी २० स्पर्धामा भिडन्त हुनेछ। यसैगरी पुम्सेको व्यक्तिगत, समुहगत र जोडी सहित १२ स्पर्धा समावेश गरिएको छ ।

गेरोगी र पुम्सेमा गरी कुल ४४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। यो प्रतियोगिता इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को छनोट पनि हो।  यस प्रतियोगिताबाट तीन महिला र तनि पुरुष गरी छ खेलाडी इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा छनोट हुनेछन्। 

सिनियर तौल समुहका स्वर्ण विजेतालाई ओलम्पिक तौल समुहमा विभाजन गरी पुनः प्रतिस्पर्धा गराइनेछ। जसमा विजयी हुनेले दक्षिण कोरियामा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन्। दक्षिण कोरियाका लागि छनोट हुने सबै जनही ५० हजार रुपियाँ पुरस्कार पनि प्राप्त गर्नेछन्। सो प्रतियोगिता आगामी अगस्ट २३ र २४ मा दक्षिण कोरियाको सोलमा हुँदै छ।

यसैगरी प्रतियोगिताका शीर्ष तीन टोलीले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ पाउनेछन्। त्यसैगरी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट निर्णायकलाई जनही दस हजार रुपियाँ प्रदान गरिनेछ । 

प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .