ad ad

खेल


युरोपियन च्याम्पियन्स लिग : पीएसजीविरुद्ध बार्सिलोनाको अग्रता

युरोपियन च्याम्पियन्स लिग : पीएसजीविरुद्ध बार्सिलोनाको अग्रता

नेपालखबर
चैत २९, २०८० बिहिबार ६:३७, काठमाडौँ

पाँच पटकको विजेता बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध अग्रता बनाएको छ। 

बुधबार राति पीएसजीको घरेलु मैदानमा भएको क्वार्टरफाइनलको पहिलो लेगमा बार्सिलोनाले ३–२ को जित निकालेको हो। 

बार्सिलोनाको जितमा राफिन्हाले दुई तथा आन्द्रयास क्रिस्टियन्सनले एक गोल गरे। खेलको ३७ औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो। 

पहिलो हाफमा १–० ले पछि परेको पीएसजीले दोस्रो हाफमा अग्रता बनाएपनि त्यसलाई कायम राख्न नसक्दा घरेलु मैदानमा नै हार भोग्न बाध्य भयो। खेलको ४८ औँ मिनेटमा उसमान डेम्बेलेको गोलमा पीएसजी खेलमा फर्किएको थियो। 

५१ औँ मिनेटमा भिटिन्हाको गोलमा पीएसजीले खेलमा २–१ ले अग्रता बनायो। तर खेलको ६२ औँ मिनेटमा राफिन्हाको व्यक्तीगत दोस्रो गोलमा बार्सिलोना बराबरीमा आयो। 

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका क्रिस्टियनले खेलको ७२ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। 
त्यसपछि खेलमा थप गोल हुन सकेन। क्वार्टरफाइनलको दोस्रो लेग अप्रिल १६ मा स्पेनमा हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .