खेल


रियल मड्रिड ला लिगा उपाधि होडमा बलियो

रियल मड्रिड ला लिगा उपाधि होडमा बलियो

नेपालखबर
बैशाख १०, २०८१ सोमबार ७:४२, काठमाडौँ

जुडे बेलिङ्घमको निर्णायक गोलमा रियल मड्रिडले स्पेनिस ला लिगामा बार्सिलोलाई पराजित गरेको छ। 

गएराति भएको खेलमा बार्सिलोनालाई ३–२ ले पराजित गर्दै रियलले अंक तालिकामा स्पष्ट ११ अंकको अग्रता बनाएको हो।  खेलको बार्सिलोनाले दुई पटब अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हार भोग्न बाध्य भयो। 

खेलको छैटौँ मिनेटमा नै आन्द्रेस क्रिस्टेनसेनको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो। तर खेलको १८ औँ मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। 

पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा बाँकी गोल दोस्रो हाफमा भयो। खेलको ६९ औँ मिनेटमा फर्मिनो लोपेजको गोलमा बार्सिलोना २–१ को अवस्थामा आएको थियो। 

तर ७३ औँ मिनेटमा लुकास भाज्केजले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए। खेलको इन्ज्युरी सममया थप गरिएको पहिलो मिनेटमा नै बेलिङघमले गोल गर्दै रियलको जित निश्चित गरे।

जारी सिजन रियलले ६ खेल खेल्न बाँकी छँदा उपाधि यात्रालाई थप बलियो बनाएको छ। 

जितसँगै रियलले ३२ खेलबाट १ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ७० र ६ अंक भएको जिरोना तेस्रो स्थानमा छ। 

गएराति नै भएको खेलमा गेटाफे र रियल सोसिडाडले १–१ को बराबरी गर्दै अंक बाँडे। अल्मेरियामाथि भिल्लारियलले २–१ को जित निकाल्दा अल्भारेजले एथलेटिको मड्रिडलाई २–० ले हराएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .