प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता अर्को साता हुने भएको छ।
प्रज्ञा प्रतिष्ठान ललितपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख २२ देखि २५ गतेसम्म हुने जानकारी दिएको हो।
महांकाल गाउँपालिकामा हुने प्रतियोगितामा ५० वटा गाउँपालिकाले सहभागिता जनाउने महांकाल गाउँपालिका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक डोल्मा गोलेले जानकारी दिइन्।
प्रतियोगितामा सहभागी हुन १५ गतेसम्म टिम दर्ता गर्न सक्नेछन्। लिग कम नक आउटका आधारमा खेलाइने तयारी गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले १ लाख रुपैयाँ पाउनेछन्। प्रतियोगितामा उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगिताको उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन्।
प्रतियोगितामा सहभागी टोलीले विभागीय टीम र अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीलाई पालिकाको टोलीमा सहभागी गराउन पाउनेछैन। त्योबाहेक अन्य खेलाडीलाई भने टिममा राख्न पाइने आयोजकले जनाएको छ।
Shares
प्रतिक्रिया