ad ad

खेल


युरोपा लिगको उपाधि एटलान्टालाई

युरोपा लिगको उपाधि एटलान्टालाई

नेपालखबर
जेठ १०, २०८१ बिहिबार ६:१४, काठमाडौँ

एडेमोला लोकमनको ह्याट्रिक मद्धतमा जर्मन क्लब बायर लिभरकुसेनलाई पराजित गर्दै इटालियन क्लब एटलान्टाले युरोपा लिगको उपाधि उचालेको छ। 

बुधबार राति अभिभा स्टेडियम डब्लिनमा भएको फाइनलमा बायर लिभरकुसेनलाई ३–० ले पराजित गर्दै एटलान्टाले उपाधि जितेको हो। 

पहिलोपटक फाइनल पुगेको एटलान्टालाई च्याम्पियन बनाउन एडेमोला लोकमनले ह्याट्रिक पूरा गरे। लोकमन सन् १९७५ पछि यूरोपा लिगको फाइनलमा ह्याट्रिक गर्ने छैटौँ खेलाडी हुन्। 

खेलको १२औं मिनेटमा लोकमनको गोलमा एटलान्टाले सुरुवाती अग्रता बनाएको थियो। २६औं मिनेटमा लोकमनको व्यक्तिगत दोस्रो गोलमा एटलान्टाले अग्रता दोब्बर पार्यो। 

पहिलो हाफमा २–० ले अग्रता बनाएको एटलान्टाका लागि लोकमनले दोस्रो हाफमा ह्याट्रिक पूरा गरे। खेलको ७६औं मिनेटमा लोकमनले व्यक्तीगत तेस्रो गोल गर्दा ह्याट्रिक पूरा गरेका हुन्। 

पहिलो पटक युरोपा लिगको फाइनलमा पुगेको लिभरकुसेन भने उपविजेतामा चित्त बुझायन बाध्य भयो। 

यूरोपा लिगको फाइनलमा पराजित भएसँगै लिभरकुसेनलको अपराजित यात्रामा पूर्णविराम लागेको छ। लिभरकुसेन पछिल्लो ५१ खेलमा अपराजित थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .