ad ad

खेल


प्रधानमन्त्री कप एनभीए भलिबल : महिलातर्फ पुलिस र एपीएफ क्लबको विजय सुरुवात

प्रधानमन्त्री कप एनभीए भलिबल : महिलातर्फ पुलिस र एपीएफ क्लबको विजय सुरुवात

नेपालखबर
जेठ १९, २०८१ शनिबार २१:३१, काठमाडौँ

नेपाल पुलिस क्लब र एपीएफ क्लबले काठमाडौँमा सुरु आठौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत महिलातर्फ विजय सुरुवात गरेका छन्। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको खेलमा विभागीय डर्बीमा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पाखा लगाएको हो। 

पुलिस क्लबले पहिलो सेट २६–२४ तथा दोस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको थियो। तर त्यसपछिका दुई सेट लगातार गुमाउँदा खेल पाँचौँ सेटसम्म पुग्यो। पुलिस क्लबले तेस्रो सेट २३–२५ ले तथा चौथो सेट २२–२५ ले गुमायो। तर पाँचौँ तथा अन्तिम सेटमा उत्कृष्ट पुनरागमन गर्दै १५–८ को जित हात पारेको हो।

आजै भएको महिलातर्फको पहिलो खेलमा एपीएफ क्लबले चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल क्लवलाई ३–२ को सेटमा हरायो। 

एपीएफले न्यु डायमण्डलाई २५–२३, २३–२५, २०–२५, २५–१५ र १५–३ ले जित निकाल्यो। शनिबारको अन्तिम खेलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .