आगामी कात्तिकमा हुने साफ महिला च्याम्पियनसिप अघि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले चार देश सम्मिलित फुटबल प्रतियोगिता खेल्ने भएको छ।
लेवनानको आयोजनामा हुने प्रतियोगिता असार २४ देखि साउन १ गतेसम्म हुनेछ। प्रतियोगिताका लागि लेवनान फुटबल संघले नेपाललाई निमन्त्रणा गरेको हो।
नेपालले प्रतियोगितामा सहभागिता जनाउने निश्चित गरेपनि अन्य टोलीको भने टुङ्गो लागेको छैन।
प्रतियोगिताका लागि लेवनानले बंगलादेशसहित जोर्डन र अन्य देशसँग पत्रचार गरेको छ। तर नेपाललाई पठाएको पत्रमा अन्य टोलीको भने आधिकारिक जवाफ नआएको लेवनान फुटबल संघले जनाएको छ।
प्रतियोगिताका लागि नेपालले आइतबार देखि बन्द प्रशिक्षण पनि सुरु गरिसकेको छ।
प्रारम्भिक महिला टोली
गोलरक्षकः एञ्जिाला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, सुशीला कुमारी चौधरी
डिफेन्डरः अमृता जैसी, गीता राना, हिरा कुमारी भुजेल, विमला विक, निसा थोकर, समिक्षा घिमिरे, पुजा राना, सविना चौधरी, गंगा गुरुङ
मिडफिल्डरः अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, विमला चौधरी, चन्द्रा भण्डारी, सरस्वती हमाल, रेनुका नगरकोटे, सरु लिम्बु, मनमाया दमाइ, तुल्सा बोहोरा
फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, सविता रानामगर, ममता पुन
Shares
प्रतिक्रिया