ad ad

खेल


टी२० विश्वकप : जसले पहिलो इनिङमा सबैभन्दा कम रन बनाए (५ देश)

टी२० विश्वकप : जसले पहिलो इनिङमा सबैभन्दा कम रन बनाए (५ देश)

नेपालखबर
जेठ २१, २०८१ सोमबार २३:१६, काठमाडौँ

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी२० विश्वकप दुई देशको संयुक्त आयोजनामा जारी छ। 

संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा हालसम्म चारवटा खेल मात्र भएको छ। पहिलो खेलमा आयोजक अमेरिकाले क्यानडालाई ७ विकेटले हरायो। उसले क्यानडाले दिएको १९५ रनको लक्ष्य ३ विकेट क्षतिमा १४ बलअगावै पूरा गर्यो। 

दोस्रो खेलमा पपुवा न्युगिनीलाई अर्को आयोजक वेस्ट इन्डिजले ५ विकेटले पराजित गर्यो। यो खेलमा पीएनजीले १३७ रनको लक्ष्य दिएको थियो। त्यसैगरी तेस्रो खेलमा ओमानले नामिबियालाई १ सय १० रनको लक्ष्य दिएकोमा खेल बराबरी (टाई) हुन पुग्यो। अन्ततः सुपरओभरमा नामिबियाले बाजी मार्यो। 

सोमबार राति भएको चौथो खेलमा श्रीलंकाले दक्षिण अफ्रिकालाई मात्र ७८ रनको लक्ष्य दिएको थियो। जारी विश्वकपमा अहिले भएका खेलमध्ये ७८ रनको लक्ष्य सबैभन्दा कम हो। 

नवौँ संस्करणको चौथो खेलसम्म श्रीलंकाभन्दा अघि ५ देशले खेलको पहिलो इनिङमा ७९ रनभन्दा कम रन मात्र बनाएको रेकर्ड छ। 

कुन कुन हुन् त ती देश? 
पहिलो इनिङको कुरा गर्दा विश्वकपमा सबैभन्दा कम रन बनाउनेमा नेदरल्यान्ड्स अगाडि छ। उसले सन् २०१४ मार्च २४ मा चटगाउँ (बंगलादेश)मा भएको विश्वकपमा मात्र ३९ रन जोडेको छ। जुन हालसम्मकै कम कुल रन हो। उक्त समयमा नेदरल्यान्ड्सले श्रीलंकाविरुद्ध १०.३ ओभरमा ३९ रनमात्र बनाएको थियो। 

त्यस्तै सन् २०२१ अक्टोबर २२ मा शारजहाँ (यूएई) मा भएको खेलमा ४४ रन बनाएर दोस्रो कम कुल रनको रेकर्ड पनि नेदरल्यान्ड्सकै नाममा छ। उक्त बेला नेदरल्यान्ड्सले श्रीलंकाविरुद्ध नै १० ओभरमा ४४ रन मात्र बनाएको थियो। 

त्यसपछि कम कुल रन बनाउनेमा वेस्ट इन्डिजको नाम छ। सन् २०२१ कै विश्वकपमा (अक्टोबर २३ मा) वेस्ट इन्डिजले इंग्ल्यान्डविरुद्ध दुबईमा १४.२ ओभरमा मात्र ५५ रन बनाएको थियो। 

त्यस्तै पहिलो इनिङमा कम कुल रन दिनेमा अफगानिस्तानको नाम पनि आउँछ। सन् २०१४ मार्च १६ मा मिरपुर (बंगलादेश)मा भएको खेलमा बंगलादेशविरुद्ध १७.१ ओभरमा ७२ रन मात्र बनाएको थियो। 

पहिलो इनिङमा कम कुल रन बनाउनेमा केन्या र बंगलादेश पनि पर्छन्। केन्याले सन् २००७ सेप्टेम्बर १२ मा डर्बानमा भएको खेलमा न्यु जिल्यान्डविरुद्ध १६.५ ओभरमा ७३ रन मात्र बनाएको थियो। यस्तै बंगलादेशले सन् २०२१ नोभेम्बर ४ दुबईमा भएको खेलमा अस्ट्रेलियाविरुद्ध पहिलो इनिङमा १५ ओभरमा ७३ रन मात्र बनाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .