टी २० विश्वकप अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीचको खेल केहीबेरमा सुरु हुँदैछ। खेलमा नेपालले टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको छ।
अमेरिकाको टेक्सासस्थित डालास स्टेडियममा हुन लागेको खेलमा नेदरल्यान्डसले टस जितेर फिल्डिङ रोजेको थियो।
टसपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेपाली टोलीका कप्तान रोहित पौडेलले टस हार्नु ठूलो कुरा नभएको प्रतिक्रिया दिएका छन्।
‘टस ठुलो कुरा होइन, हामी पहिले ब्याटिङ गर्दै बढीभन्दा बढी रन बनाउन चाहन्छौं,’ उनले भने, ‘राम्रो खेले जुन टिमलाई नि जित्न सकिन्छ।’
सुरुवाती प्लेइङ ११ः कुशल भुर्तेल, आसिफ शेख, अनिल साह,रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्सन, झा, सोमपाल कामी, करण केसी,अविनाश बोहरा र सागर ढकाल।
1.4k
Shares
प्रतिक्रिया