ad ad

खेल


टी-२० विश्वकप : भारतविरुद्धको खेलमा आयरल्यान्ड ९६ रनमा अलआउट

टी-२० विश्वकप : भारतविरुद्धको खेलमा आयरल्यान्ड ९६ रनमा अलआउट

नेपालखबर
जेठ २३, २०८१ बुधबार २२:२०, काठमाडौँ

आईसीसी टी–२० विश्वकपमा पूर्वविश्वविजेता भारतविरुद्धको खेलमा आयरल्यान्ड ९६ रनमा अलआउट भएको छ। 

अमेरिकाको न्युयोर्क, नसाउस्थित काउन्टी इन्टरनेसनल क्रिकेट मैदानमा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड १६ ओभरमा ९६ रन बनाउँदा अलआउट भयो। 

आयरल्यान्डका लागि ग्यारेथ डिलानीले बनाएको २६ रन नै सर्वाधिक रह्यो। जोस लिटी १४ रनमा बोल्ड आउट भए। कर्टिस क्याम्फर १२ रनमा क्याच आउट भए। लोर्कान टकर १० रनमा बोल्ड आउट भए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

आयरल्यान्डलाई कम स्कोरमा रोक्न भारतका हार्दिक पाण्ड्याले ३ विकेट लिए। जसप्रित बुमराह र अस्रदीप सिंहले समान २ विकेट लिए। मोहम्मद सिराजले १ विकेट आफ्नो नाममा गरे।

९७ रनको झिनो लक्ष्य पछ्याएको भारतले २ ओभरको खेल जारी रहँदा बिनाविकेटको क्षतिमा ११ रन बनाएर खेलिरहेको छ। क्रिजमा कप्तान रोहित शर्मा ८ र विराट कोहली १ रनमा नटआउट छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .