ad ad

खेल


कप्तान किरण भन्छन् : नेपाली फुटबलका लागि के गर्न सकिन्छ भनेर सोचिरहेको छु (भिडिओ)

कप्तान किरण भन्छन् : नेपाली फुटबलका लागि के गर्न सकिन्छ भनेर सोचिरहेको छु (भिडिओ)

नेपालखबर
जेठ २७, २०८१ आइतबार २१:५२, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बुले यमनविरुद्धको खेलमा १ सय क्याप पूरा गर्दैछन्।

नेपालले फिफा विश्वकप तथा एसियन कप छनोट चरणमा नेपालले मगंलबार यमनविरुद्ध खेल्दैछ। घरेलु मैदानमा हुनुपर्ने खेल दशरथ रगंशालाको खराब अवस्थाका कारण तथष्ट भूमिका रुपमा साउदी अरेबियामा खेल्न लागेको हो।

१ सय खेलको कोशेढुङ्गा नजिक रहेका कप्तान चेम्जोङले खेलअघि भने, ‘मैले कहिलेपनि क्याल्कुलेसन गरिन। स्वास्थ्यले साथ दियो भने मात्र राम्रो गर्न सकिन्छ। कति सम्म खेल्न सकिन्छ थाहा छैन, जति खेल्छु टोलीसँग रमाइलो गर्नेछु।’

उनले थपे, ‘नेपाली फुटबलका लागि के गर्न सकिन्छ भनेर सोचिरहेको छु।

खेलमा नतिजा नआउँदा मलाइ मात्र हैन समर्थकलाई पनि नराम्रो लाग्छ। तर हामीले हाम्रो लेभल बुझ्नुपर्छ। देशको जर्सी लगाउँदा एकदम खुसी लाग्छ, छुट्टै अनुभव हुन्छ।’

सन् २००८ मा कम्बोडियामा भएको एएफसी च्यालेन्ज कपमा राष्ट्रिय टोलीबाट डेब्यू गरेका उनले त्यसपछि पछाडी फर्कनुपरेको छैन।

वर्तमान टोलीका सिनियर खेलाडी मध्यका एक किरण राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने एक्ला खेलाडी हुन्।

यमनविरुद्धको खेलअघि कप्तान किरणले भने, ‘यमनविरुद्धको खेलका लागि उत्साहित छौँ। अहिलेसम्म अंक विहीन छौँ। अब विश्वकपको छनोटबाट बाहिरिएपनि राम्रो नतिजा ल्याएर सुखद अन्त्य गर्ने आशा छौँ। त्यसपछि एसियन कपमा ध्यान दिनेछौँ। खेलमा जसरी हुन्छ अंक ल्याउने योजनामा हुनेछौँ।’

राष्ट्रिय टोलीका पहिलो रोजाइका गोलरक्षक कप्तान किरणले राष्ट्रिय टोलीबाट एएफसी सोलिडारिटी कप जितेका छन्। यस्तै व्यवसायिक खेल जिवनमा तीन फरक देशबाट उपाधि समेत उचाली सकेका छन्।

घरेलु फुटबलमा थ्रीस्टार क्लबमा झण्डै ८ वर्ष बिताएका उनले लिगसहित अधिकांश नकआउट उपाधि समेत जितेका छन्। यस्तै नेपाल सुपर लिग (एनएसएल) मा पनि उनले आफ्नो क्लब धनगढी एफसीलाई उपविजेता बनाएका थिए।

धनकुटामा जन्मिएका उनले सन् २०१७/१८ मा मालदिभ्सको टिसी स्पोर्टस क्लबमा आबद्ध हुँदा टोलीलाई च्याम्पियन बनाएका थिए। जुन समयमा उनी माल्दिभ्स लिगको उत्कृष्ट गोलकिपर पनि बनेका थिए।

मालदिभ्सपछि उनी भारतीय आई लिग क्लब मिनेर्वा पञ्जाब (वर्तामान राउन्डग्लास पञ्जाब एफसी) मा आवद्ध भए। सो समयमा उनले क्लबलाई आइ लिग विजेता बनाएका थिए।

सन् २०१८/१९ मा टिसी स्पोर्टसमा पुनः आबद्ध भएका कप्तान किरण त्यसपछि पञ्जाबमा आवद्ध छन्। फरक क्लबबाट टोलीलाई च्याम्पियन बनाएपनि देशलाई साफ उपाधि दिलाउन भने सकेका छैनन्।

उनले भन्दै आएका छन्, ‘नेपाललाई साफ उपाधि दिलाउने लक्ष्य छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .