ad ad

खेल


ग्रुप ‘ए’बाट भारतसँगै अमेरिका पनि सुपर ८ मा, बाहिरिए पाकिस्तान, क्यानडा र आयरल्यान्ड

ग्रुप ‘ए’बाट भारतसँगै अमेरिका पनि सुपर ८ मा, बाहिरिए पाकिस्तान, क्यानडा र आयरल्यान्ड

लाउडरहिलको मौसम जसले गर्दा आयरल्यान्ड र अमेरिकाको खेल नै भएन। तस्बिर : आईसीसी/गेट्टी


नेपालखबर
असार १, २०८१ शनिबार ०:५३, काठमाडौँ

सहआयोजक अमेरिका जारी आईसीसी टी२० विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ। 

समूह चरणको ३०औँ खेल वर्षातका कारण सुरु नै हुन नसकेपछि अमेरिकालाई फाइदा भएको हो। 

फ्लोरिडास्थित लाउडरहिलमा अमेरिकाको खेल आयरल्यान्डसँग थियो। तर एक बल पनि नखेली खेल नै रद्द गरिएको थियो। खेल रद्द हुँदा दुवै देशले १–१ अंक बाँडे। जसले गर्दा २ खेल जितेर ४ अंक बटुलिसकेको अमेरिकालाई फाइदा भयो।

ग्रुप एमा अमेरिका ५ अंकसहित दोस्रो स्थानमा हुँदा ३ वटै खेल जितेर यसअघि नै भारतले सुपर ८ मा स्थान बनाइसकेको छ। 

पाकिस्तान, क्यानडा र आयरल्यान्ड बाहिरिए 
अमेरिका र आयरल्यान्डको खेल वर्षाले बिथोल्दा त्यसको मार बाँकी तीन टोलीलाई परेको छ।

पाकिस्तान, क्यानडा र आयरल्यान्ड स्वयं विश्वकप दौडबाट बाहिरिनुपरेको छ। पाकिस्तान र क्यानडाले २ हार र १ जित निकालेर समान २ अंक बटुलेका छन्। 

खेल रद्द हुँदा आयरल्यान्डले १ अंक जोडेको छ। योसँगै अमेरिकाको ४ खेल सकिँदा बाँकी टोलीले १ खेल खेल्न बाँकी छ तर अब त्यसले सुपर ८ को हिसाबकिताब फरक पार्नेछैन। 

आजको खेल रद्द नभएर आयरल्यान्डसँग अमेरिका हारेको खण्डमा बाहिरिएका तीनवटै देशको सुपर ८ सम्भावना रहने थियो। तर त्यसो भएन।

यसअघि सोही मैदानमा ग्रुप डीको नेपाल र श्रीलंकाको खेल पनि वर्षातका कारण हुन नसक्दा दुवै टोलीले १–१ अंक बटुलेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .