ad ad

खेल


विश्वकपको पहिलो खेल खेल्दै सन्दीप

विश्वकपको पहिलो खेल खेल्दै सन्दीप

फाइल तस्बिर


नेपालखबर
असार १, २०८१ शनिबार ५:१०, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी–२० विश्वकपको पहिलो खेल खेल्दैछ। 

दक्षिण अफ्रिकाविरुद्ध सन्दीपले सुरुवाती ११ मा स्थान बनाएका छन्। 

वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलका लागि सन्दीप त्यहाँ पुगेका हुन्। नेपालस्थित अमेरिकी दुतावासले दुई पटक उनको भिसा आवेदन अस्वीकार गरेपछि सन्दीप विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका हुन्।

उनी आज हुने दक्षिण अफ्रिकाविरुद्धको पहिलो खेल खेल्दै छन्। 

टी२० आईमा ५२ खेलमा ९८ विकेट लिएका सन्दीप अर्को कीर्तिमानको नजिक छन्। उनले आजको खेलमा २ विकेट लिए टी२० आईमा १ सय विकेट पूरा गर्नेछन्।

यो पनि पढ्नुहोस्-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .