ad ad

खेल


दक्षिण अफ्रिकासँग १ रनले हार्‍यो नेपाल, सुपर ८ मा पुग्ने सम्भावना समाप्त

दक्षिण अफ्रिकासँग १ रनले हार्‍यो नेपाल, सुपर ८ मा पुग्ने सम्भावना समाप्त

लक्ष्मी जि.सी
असार १, २०८१ शनिबार ८:३८, काठमाडौँ

दक्षिण अफ्रिकासँग १ रनले हारेपछि आईसीसी टी-२० विश्वकपको सुपर ८ मा पुग्ने नेपालको सम्भावना सकिएको छ।

शनिबार बिहान वेस्ट इन्डिजमा भएको समूह डीको खेलमा टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग १ रनले हारेसँगै नेपाल विश्वकपमा सुपर ८ को दौडबाट बाहिरिएको हो। 

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित नेपाल श्रीलंकासँग भने खेल्नै पाएन। वर्षाका कारण खेल  रद्द भयो। 

नेपालले अब समूह चरणको अन्तिम खेलमा सोमबार बगंलादेशसँग प्रतिस्पर्धा गर्नेछ। 

दक्षिण अफ्रिका भने यसअघि नै लगातार तेस्रो जित हासिल गर्दै सुपर ८ मा पुगिसकेको छ। अब उसले समूह चरणमा अपराजित रहेर सुपर ८ खेल्नेछ। 

दक्षिण अफ्रिकाले १ सय १६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रन मात्र बनाउन सक्यो। 

सोमपाल कामी ८ रनमा नटआउट रहे। गुल्शन झा ६ रनमा रन आउट भए। 

एक समय हारनजिक पुगेको नेपाली टोलीलाई सोमपाल कामीले छक्का प्रहार गर्दै जितको आशा दिलाएका थिए। तर अन्तिम बलमा गुल्शन रन आउट हुँदा नेपालको सुपर ८ खेल्ने सपना अधुरै रहेको हो। 

तेस्रो विकेटका लागि अनिल शाह र आशिफ शेखले ५० रनको साझेदारी गर्दै नेपाललाई जित उन्मुख गराए पनि हार टार्न सकेनन्।

२४ बलमा ३ चौका र १ छक्का प्रहार गरेका अनिल चौधौँ ओभरको चौथो बलमा आउट भए। चौथो नम्बरमा ब्याटिङमा आएका अनिल शाह २७ रन बनाउँदा एडेन मक्रमको बलमा मार्को जानसेनको हातबाट क्याच आउट भए। 

१८औँ ओभरको तेस्रो बलमा दीपेन्द्र सिंह ऐरीलाई ६ रनमा गुमाएको नेपालले अन्तिम बलमा आशिफ शेखलाई गुमाएको हो। ४९ बलमा ४ चौका र १ छक्का हानेका आशिफ बोल्ड आउट भए।

दोस्रो ओभरको पाचौँ बलमा ओपनर आशिफ शेखले जीवनदान पाएका थिए। कागिसो रवाडाको बलमा क्याच छुट्टा जिवनदान पाएका थिए। 

त्यसअघि नेपालले आठौँ ओभरमा लगातार दुई विकेट गुमाएको थियो।

आठौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा तब्रिज साम्सीको बलमा बोल्ड आउट भए।

सोही ओभरको चौथो बलमा कप्तान रोहित पौडेल शून्य रनमै बोल्ड आउट भए। 

त्यसअघि नेपालले आठौँ ओभरमा लगातार दुई विकेट गुमाएको थियो।

आठौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा तब्रिज साम्सीको बलमा बोल्ड आउट भए।

त्यसअघि वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेकोदक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको थियो। 

राम्रो सुरुवात गरेको दक्षिण अफ्रिकाविरुद्ध पछिल्लो समय नेपालका बलर हाबी भएका थिए।

दक्षिण अफ्रिकाविरुद्ध नेपालका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी चम्किए।

कुशलले आफ्नो स्पेलमा १९ रन दिएर चार विकेट लिए। दीपेन्द्रले आफ्नो स्पेलमा २१ रन खर्चेर ३ विकेट लिए। 

सोमपाल कामी, करण केसी, कुशल मल्ल, सन्दीप लामिछाने र अविनास बोहोरा विकेटविहीन रहे।

दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेनड्रिकले सर्वाधिक ४३ रनको योगदान दिए।

दीपेन्द्रले १६औँ ओभरको तेस्रो बलमा ओपनर हेनड्रिकलाई आफैँले क्याच लिँदै आउट गराए। उनले ४९ बलमा ५ चौका र १ छक्का हाने। 

यसअघि दीपेन्द्रले नै चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डी ककलाई १० रन बनाउँदा आउट गरेका थिए। 

दीपेन्द्रलेले १८औँ ओभरको तेस्रो बलमा डेविड मिलरलाई ७ रन बनाउँदा सन्दीप लामिछानेको  हातबाट क्याच आउट गराए। 

कुशलले १४औँ ओभरको दोस्रो बलमा ३ रन बनाएका हेनरिक क्लासेनलाई करण केसीको हातबाट क्याच आउट गराए।

त्यसअघि कुशलले नै १२औँ ओभरको दोस्रो बलमा नेपालका ओपनर कुशल भुर्तेलले कप्तान एडेन मक्रमलाई १० रन बनाउँदा बोल्ड आउट गर्दै पेभेलियनको बाटो देखाएका थिए। 

कुशलले नै मार्को जेसन र कागिसो रवाडालाई सस्तैमा आउट गरे। दक्षिण अफ्रिकाका ट्रिस्टन स्टुब २७ रनमा अविजित रहे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .