आईसीसी टी–२० विश्वकप अन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेल आउट भएका छन्।
नेपालले तेस्रो विकेटका रुपमा पाचौँ ओभरको दोस्रो बलमा कप्तान रोहितलाई १ रनमै गुमाएको हो।
त्यसअघि नेपालले तेस्रो ओभरमा लगातार दुई विकेट गुमाएको थियो। तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई ४ रनमा गुमाएको नेपालले चौथो बलमा अनिल शाहलाई गुमाएकाे हो।
बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले पाचौँ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा २० रन बनाएर खेलिरहेको छ।
बंगालदेशका लागि तीनवटै विकेट तान्जिम हसन सकिबले लिएका हुन्।
618
Shares
प्रतिक्रिया