आईसीसी टी–२० विश्वकप अन्तर्गत बंगलादेशविरुद्धकाे खेलमा ओपनर आशिफ शेख पनि पेभेलियन फर्केका छन्।
१४ बलमा ४ चौका मद्दतमा १७ रन बनाएका ओपनर आशिफ मुस्ताफिजुर रहमानको बलमा सकिब अल हसनको हातबाट क्याच आउट भए।
त्यसअघि नेपालले नेपालले तेस्रो विकेटका रुपमा पाचौँ ओभरको दोस्रो बलमा कप्तान रोहितलाई १ रनमै गुमाएको थियो।
नेपालले तेस्रो ओभरमा लगातार दुई विकेट गुमाएको थियो। तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई ४ रनमा गुमाएको नेपालले चौथो बलमा अनिल शाहलाई गुमाएको हो।
72
Shares
प्रतिक्रिया